जापानमा बस्ने विदेशी नागरिकको परिवारमा बच्चाको जन्म हुँदा गर्नुपर्ने 3 वटा महत्वपूर्ण प्रक्रियाहरू

日本に住む外国籍家庭に赤ちゃんが生まれたときの大切な3つの手続き

सूचना प्रावधान र सहयोग: खानागावा ग्योउसेइ स्योसी खाई कोकुसाई-बु कोदोमो भिसा सापो टिम

情報提供・協力:神奈川県行政書士会国際部子どもビザさぽチーム

यदि विदेशी नागरिकको परिवारमा बच्चाको जन्म हुँदा, कृपया तलका प्रक्रियाहरू गर्नुहोस्।
① यदि दुवै अभिभावक विदेशी नागरिक हुन् भने → कृपया A, B र C प्रक्रियाहरू गर्नुहोस्।
② यदि अभिभावक मध्ये कुनै एकको जापानी नागरिक छ भने → बच्चाको जापानी नागरिक लिन सकिन्छ। यदि तपाई जापानी नागरिक मात्र लिन चाहनुहुन्छ भने, A को प्रक्रिया गर्नुहोस्। यदि, तपाई जापानी नागरिकको अतिरिक्त विदेशी नागरिक पनि लिन चाहनुहुन्छ भने, कृपया A र C प्रक्रियाहरू गर्नुहोस्।

外国籍の家庭に赤ちゃんが生まれたら、以下の手続きをしてください。
① 両親がともに外国籍の場合 → A、B、Cの手続きを行ってください。
② 両親のどちらかが日本国籍の場合→ 赤ちゃんは日本国籍を取ることができます。日本国籍のみを取る場合は、Aの手続きをします。そして、日本国籍と併せて外国籍も取る場合は、AとCの手続きを行ってください。

यदि तपाईले जापानको वडा कार्यालयमा जन्म दर्ता नगरेमा के हुन्छ?

日本の役所に出生届を出さないとどうなりますか?

तपाईले जापानमा आवासीय दर्ता गर्न सक्दैन।
तपाईले स्वास्थ्य बीमा कार्ड पाउन सक्दैन।
तपाईले जापानको बसोबास योग्यताको लागि आवेदन दिन सक्दैन ।

日本での住民登録ができません。
健康保険証を持つことができません。
日本の在留資格の申請ができません。

यदि तपाईले बसोबास योग्यताको लागि आवेदन नदिएमा के हुन्छ?

在留資格の申請をしないとどうなりますか?

यदि तपाईले आवेदन नदिई 60 दिनभन्दा बढी जापानमा बस्नु भयो भने, ओभरस्टे हुनेछ।
यदि तपाई जापानमा 60 दिन वा सोभन्दा बढी बस्नु हुन्छ भने, कृपया बच्चाको जन्म पश्चात 30 दिन भित्र अध्यागमन विभागमा आवेदन दिनुहोस्।

申請しないで60日を超えて日本にいた場合はオーバーステイになります。
60日以上日本に滞在するのであれば、生まれてから30日以内に入管に申請してください。

तपाई आफ्नो देशमा दर्ता नगरेमा के हुन्छ?

本国への登録をしないとどうなりますか?

तपाईको देशमा तपाईको बच्चाको जन्म भएको भन्ने रिकर्ड हुने छैन।
जापानको दैनिक जीवनमा पनि बाधा हुन सक्छ।
(उदाहरणका लागि, विदेशमा जाँदा (स्कूल भ्रमण आदि), विवाह र काम खोज्ने बेलामा, जापानमा पासपोर्ट, देशद्वारा जारी गरेको जन्म दर्ता प्रमाणपत्र र नागरिक प्रमाणपत्रहरू आवश्यक हुन्छ। यी कागजातहरू प्राप्त गर्न सक्षम नहुने हुँदा कृपया ध्यान दिनुहोस् ।)

本国が赤ちゃんの存在を把握していないことになります。
日本での生活にも支障が出ることがあります。
(例えば海外にいく (修学旅行など)、結婚をする、就職する、などのときに、日本では一般的に本国が発行する旅券や出生証明書、国籍証明書が求められますが、それらが取得できないことにつながるので注意が必要です。)

A

जन्म दर्ता (जापानको वडा कार्यालयमा सूचना)

出生届(日本の役所への届け出)

病院にて

अस्पतालमा………कागज लिनुहोस्

病院にて………用紙をもらう

बच्चाको जन्म हुँदा, अस्पतालले बच्चाको आमा (वा परिवार) लाई जन्म दर्ता प्रमाणपत्र दिनेछ।
फारमको दायाँ छेउमा रहेको जन्म दर्ता प्रमाणपत्रमा अस्पतालले लेखिएको हुन्छ।

赤ちゃんが生まれたら、
病院は出生届の用紙を赤ちゃんの母(または家族)に渡します。

用紙の右側の出生証明書には病院の記載があります。

बायाँपट्टि 左側

बच्चाको आमा र बुबाले भर्ने ठाउँ छ। कृपया घरमा भर्नुहोस्।

赤ちゃんの母と父が記載する箇所があります。
自宅で記入してください。

दायाँपट्टि 右側

अस्पतालको “जन्म दर्ता प्रमाणपत्र” मा विवरण लेखिएको छ।
सरकारी कार्यालयमा बुझाएर स्वीकार नगरेसम्म यो जन्म दर्ता प्रमाणित हुने छैन।

病院の「出生証明書」への記載があります。
役所に出して受理されないと出生の証明書にはなりません。

自宅にて

घरमा………फारम भर्नुहोस्

自宅にて………用紙を記入する

भर्ने बेलाको सावधानीहरू
●विदेशीहरूको लागि, जन्म दर्ता गर्दा “बच्चाको नाम” “कातागाना” मा लेखिएको हुनुपर्छ।
देशको कानून अन्तर्गत अक्षर (अल्फाबेट ) मा थप रूपमा लेख्नुहोस् ।
यदि चिनियाँ वा कोरियाली नागरिक हुनुहुन्छ भने, खान्जी अक्षरमा लेखि सूचना पेश गर्न सक्नुहुन्छ। ※ जापानी खान्जी मात्र।

記入時の注意点
●出生届における「子どもの名」については、外国人の場合、「カタカナ」で記載します。
本国法上の文字(アルファベット)を付記しておきます。
中国・韓国の国籍の方であれば、漢字で届出することもできます。※日本の漢字のみ。

पेश गर्नु अघि जाँच गर्ने वस्तुहरू
●तपाईको बच्चाको जन्म प्रमाणित गर्न दुई प्रकारका आधिकारिक प्रमाणपत्रहरू छन्। पेश गर्ने निकायको आधारमा तपाईलाई कुन चाहिने हो जाँच गर्नुहोस्।
①जन्म दर्ता स्वीकृति प्रमाणपत्र (जन्म दर्ता स्वीकृति गरिएको भनी प्रमाणित)
②जन्म दर्तामा उल्लेखित विवरणको प्रमाणपत्र (जन्म दर्तामा लेखिएको विवरण प्रमाणित )
प्रमाणीकरण वा अनुवाद आवश्यक छ कि छैन भन्ने कुरा पेश गर्ने निकाय अनुसार निर्भर गर्दछ। यसलाई जाँच गर्नुहोस् ।

提出前の確認事項
●出生を証明する公的な証明書は2種類あります。提出先によって、どちらが必要か、チェックしておきましょう。
①出生届受理証明書(出生届が受理されたことを証明するもの)
②出生届記載事項証明書(出生届に書いてある内容を証明するもの)
認証や翻訳が必要かどうかも、提出先によって変わります。チェックしておきましょう。

役所にて

वडा कार्यालयमा………पेश गर्ने

役所にて………提出する

बच्चा जन्मेको 14 दिन भित्र आफू बस्ने नगरपालिका ※ वडा कार्यालयमा जानुहोस्।
❶”जन्म दर्ता गर्ने डेस्क” मा जन्म दर्ता पेश गर्नुहोस्।

(जस्तै बालबालिकाको भत्ता र राष्ट्रिय स्वास्थ्य बिमा आदि, जन्म दर्ता बाहेक अन्य प्रक्रियाहरू पनि आवश्यक डेक्समा गर्नुहोस्)
※बच्चा जन्मेको स्थानको नगरपालिका, र तपाई अस्थायी रूपमा बस्ने गरेको नगरपालिकाको कार्यालयमा पनि पेश गर्न सक्नुहुन्छ । (यदि आमाबुबा मध्ये कुनै एक जापानी हो भने, दर्ता गरिएको अधिवास(होन्सेकी )मा पनि स्वीकार्य हुन्छ)

赤ちゃんが生まれて14日以内に住んでいる市区町村の役所に行きます。
❶「出生届の窓口」に出生届を提出します。

(児童手当や国民健康保険など、出生届以外の手続きも必要な窓口で行う)
※赤ちゃんの生まれた場所、一時的に滞在している場所の市区町村の役所にも、出すことができます。(父母のどちらかが日本人の場合は本籍地も可)

ल्याउनु पर्ने कागजातहरू 持ち物

  • जन्म दर्ताको फारम (पहिले नै फारम भरेको हुनुपर्ने)

    出生届の用紙(記載済みのもの)

  • मातृ र बाल स्वास्थ्य पुस्तिका (बोसी केन्कोउ तेच्यो )

    母子健康手帳

  • बुबा र आमाको पासपोर्ट

    父と母のパスポート

  • आवेदकको आवासीय कार्ड

    届出人の在留カード

  • अन्य, वडा कार्यालयद्वारा चाहेको कागजातहरू

    その他、役所によって求められるもの

❷जन्म दर्ता पेश गरिसकेपछि
अध्यागमन विभागको प्रक्रियाको लागि “जन्म दर्ता स्वीकृति प्रमाणपत्र” जारी गर्नुहोस्।

दूतावासमा पेश गर्नको लागि “जन्म दर्ता स्वीकृति प्रमाणपत्र” वा “जन्म दर्तामा उल्लेखित विवरणको प्रमाणपत्र” लिनुहोस्।
(कुन कागजात आवश्यक छ भनेर पत्ता लगाउन प्रत्येक देशका दूतावास र वाणिज्य दूतावासहरूसँग निश्चय गर्नुहोस्।)

❷出生届を提出したら
入管手続き用に「出生届受理証明書」を発行してもらう。

大使館提出用に「出生届受理証明書」または「出生届記載事項証明書」を取る。
(どちらの書類が必要かは、各国大使館・領事館に確認する。)

❸अध्यागमन विभागमा पेश गर्नको लागि घरपरिवारको सबैजना सूचीकृत गरिएको “आवासीय प्रमाणपत्र (ज्यूमिन ह्यो)” (बच्चाहरू सहित) लिनुहोस्।

❸入管提出用に世帯全員が記載された「住民票」(赤ちゃんを含めたもの)を取る。

B

बसोबास योग्यता (अध्यागमन विभाग (आप्रवास निवासी नियन्त्रण विभाग)मा आवेदन))

在留資格(入管(出入国在留管理局)への申請)

自宅にて

घरमा………जाँच गर्नुहोस्

自宅にて………確認する

तपाईको बच्चाको बसोबास योग्यता कस्तो हुनेछ भनेर जाँच गर्नुहोस्।
अभिभावकको बसोबास योग्यताको आधारमा बच्चाको बसोबास योग्यता परिवर्तन हुनेछ।
अध्यागमन विभागमा जानु अघि कृपया घरमा निश्चय गर्नुहोस्।

子どもの在留資格はどのようなものになるか確認します。
親の在留資格で子どもの在留資格が変わります。 入管へ行く前に自宅で確認してください。

आमाबुबा मध्ये कुनै एकको बसोबास योग्यता
父母のいずれかの在留資格
  बच्चाको बसोबास योग्यता
子どもの在留資格
  सावधानी
注意点
कूटनीतिक 外交
आधिकारिक 公用
कूटनीतिक 外交
आधिकारिक 公用
दूतावास वा वाणिज्य दूतावासमा आवेदन दिनुहोस्।
大使館・領事館に申請します。
प्रोफेसर 教授
कलाकार 芸術
धार्मिक गतिविधि 宗教
पत्रकार 報道
उच्च दक्ष पेशेवर 高度専門職
व्यवसाय प्रबन्धक 経営・管理
कानूनी र लेखा व्यवसाय 法律・会計業務
चिकित्सा सेवा 医療
अनुसन्धानकर्ता 研究
शिक्षक 教育
इन्जिनियर`/मानवीय ज्ञान /अन्तर्राष्ट्रिय सेवा 技術・人文知識・国際業務
कम्पनी भित्र स्थानान्तरण 企業内転勤
नर्सिङ केयर 介護
मनोरञ्जनकर्ता 興行
टेक्निकल 技能
निर्दिष्ट सीप भएको कामदार 2 नम्बर 特定技能2号
सांस्कृतिक गतिविधिहरू 文化活動
विदेशी विद्यार्थी 留学
डिपेण्डेन्ट 家族滞在    
निर्दिष्ट सीप भएको कामदार 1 नम्बर 特定技能1号
प्राविधिक प्रशिक्षार्थी 技能実習
अस्थायी भिजिटर 短期滞在
प्रशिक्षार्थी 研修
डिपेण्डेन्ट 家族滞在
विशिष्ट गतिविधि 特定活動
यसमा मेल खाने केही छैन।
कृपया परामर्श गर्नुहोस्

原則、当てはまるものはありません。
ご相談ください
परामर्श गर्ने ठाउँ
प्रशासनिक लेखनदास ग्योउसेइ स्योसी आदि विशेषज्ञ

相談先
行政書士等専門家
स्थायी निवासी 永住者 स्थायी निवासीको श्रीमान वा श्रीमती इत्यादि (स्थायी निवासीको बच्चाहरू)
永住者の配偶者等(永住者の子ども)
※तपाईले स्थायी निवासीको लागि आवेदन दिन पनि सक्नुहुन्छ।
※永住者の申請も
できる場合があります。
स्थायी निवासीको श्रीमान वा श्रीमती इत्यादि (स्थायी निवासीको बच्चाहरू) 永住者の配偶者等(永住者の子ども)
जापानी नागरिकको श्रीमान वा श्रीमती इत्यादि (जापानी नागरिकको बच्चाहरू) 日本人の配偶者等(日本人の子ども)
लामो समय निवासी 定住者
लामो समय निवासी 定住者    
विशेष स्थायी निवासी 特別永住者 विशेष स्थायी निवासी 特別永住者 सिटि वा वडा कार्यालयमा आवेदन दिनुहोस्।
市役所・区役所に申請します。

※यदि माथिसँग मेल नखाएमा, कृपया ग्योउसेइ स्योसी आदि विशेषज्ञसँग परामर्श गर्नुहोस्।

※上記に該当しない場合は行政書士等専門家にご相談ください。

入管にて

अध्यागमन विभागमा………आवेदन दिनुहोस्

入管にて………申請する

बसोबास योग्यता अनुमति प्राप्त गर्नको लागि आवेदन दिनुहोस्।
बच्चा जन्मेको 30 दिन भित्र, निम्न कागजातहरू सहित अध्यागमन विभागमा आवेदन दिनुहोस्।
बच्चाहरूको बसोबास योग्यता प्राप्त गर्नको लागि अध्यागमन विभागको शुल्क निःशुल्क छ।
प्रक्रियाहरू परिवर्तन हुने सम्भावना पनि छ। कृपया, पुष्टिको लागि जानकारीको रूपमा यसलाई सन्दर्भ गर्नुहोस्।

在留資格取得許可を申請します。
出生から30日以内に、下記書類をそろえて入管に申請します。
入管への手数料は子の在留資格取得の場合は無料です。
手続きは変更される可能性があります。確認時点での情報として参考にしてください。

यो चिन्ह, तपाई जापानमा बस्नु भएको वडा कार्यालयबाट प्राप्त गर्नुहोस्।

このマークは日本の住んでいる役所で取得する。

①बसोबास योग्यता अनुमति प्राप्त गर्नको लागि आवेदन
※फोटो चाहिँदैन।

①在留資格取得許可申請書
※写真は、いりません。

②प्रश्नावली

②質問書

③जन्म दर्ता स्वीकृति प्रमाणपत्र (ओरिजिनल)

③出生届受理証明書(原本)

④बालबालिका सहित ” घरपरिवारको सबैजना सहितको आवासीय प्रमाणपत्र” (ओरिजिनल )
※3 महिना भित्र जारी गरेको
※माईनम्बर बाहेक, विदेशी नागरिकहरूलाई विशेष मामिलाहरू समावेश गर्नुहोस्। 
(मध्यम तथा दीर्घकालीन अवधि निवासी, राष्ट्रियता, बसोबास योग्यता, बस्ने अवधि, बस्ने म्याद समाप्त हुने मिति, आवासीय कार्डको नम्बर)

④子どもを含めた「世帯全員の住民票」(原本)
※3か月以内に発行したもの
※マイナンバーについては省略し、外国人住民特有の事項も入れてもらう。
(中長期在留者であること、国籍、在留資格、在留期間、在留期間の満了日、在留カードの番号)

⑤बच्चाको पासपोर्ट ※1 वा (उद्धरणको लागी) “पासपोर्ट नलिनुको कारण” ※2
※1 तपाईको आफ्नो देशको दूतावास वा वाणिज्य दूतावासबाट प्राप्त
※2 यदि तपाई पासपोर्टको लागि आवेदन गर्दै हुनुहुन्छ भने, रिसेप्शन स्लिप संलग्न गर्नुहोस्

⑤子どものパスポート※1または(参考)「旅券未取得理由書」※2
※1 本国の大使館・領事館で取得
※2 パスポート申請中の場合は、受付票を添付

⑥बालबालिकाका आश्रितहरूको निवासी करको कर प्रमाणपत्र, निवासी करको भुक्तानी प्रमाणपत्र (2 प्रकार, ओरिजिनल)
(1 वर्षको कुल आय र कर भुक्तानी स्थिति वर्णन गरिएको )
※कर प्रमाणपत्र र कर भुक्तानी प्रमाणपत्र, 2 प्रकारको आवश्यक छ।
※3 महिना भित्र जारी गरेको
<आश्रित गर्ने व्यक्ति “विदेशी विद्यार्थी ” भएमा>
·तपाईको पासबुकको प्रतिलिपि, त्यसबाहेक आवेदकको दैनिक जीवनयापनको खर्चहरू व्यहोर्न सकिन्छ भनेर देखाउने अन्य सामग्रीहरू

⑥子どもを扶養する人の住民税の課税証明書、住民税の納税証明書(2種類、原本)
(1年間の総所得及び納税状況が記載されたもの)
※課税証明書と納税証明書、2種類必要です。
※3か月以内に発行したもの
<扶養する人が「留学」の場合>
・銀行の預金通帳のコピーなど、家族の生活するお金があることがわかるものがいります。

⑦बच्चालाई आश्रित गर्ने व्यक्तिको पेशाको प्रमाणित हुने कागजातहरू
<रोजगार व्यक्ति>
·रोजगार प्रमाणपत्र (3 महिना भित्र जारी गरेको)
<व्यवसाय चलाउने व्यक्ति>
·कम्पनी दर्ताको तोउहोन
·व्यापार अनुमति प्रमाणपत्रको प्रतिलिपि
·कर भुक्तानी रिटर्न (खाकुतेइ सिन्कोकु)को प्रतिलिपि
<आश्रित गर्ने व्यक्ति “विदेशी विद्यार्थी” भएमा>
·विद्यालयको प्रमाणपत्र (3 महिना भित्र जारी गरेको )
※ यदि बच्चासँग “जापानी नागरिकको श्रीमान वा श्रीमती” वा “स्थायी निवासीको श्रीमान वा श्रीमती” को बसोबास योग्यता छ भने, तपाईलाई यसको आवश्यकता छैन। यद्यपि, “स्थायी निवासी ” को लागि आवेदन गर्दा यो आवश्यक छ।

⑦子どもを扶養する人の職業を証明する書類
<雇用されている方>
・在職証明書(3か月以内に発行されたもの)
<事業を経営している方>
・会社の登記簿謄本
・営業許可書のコピー
・確定申告書のコピー
<扶養する人が「留学」の場合>
・在学証明書(3か月以内に発行されたもの)
※子どもが「日本人の配偶者等」または「永住者の配偶者等」の在留資格の場合には、いりません。ただし、「永住者」の取得申請をする場合には、必要です。

⑧ग्यारेन्टी पत्र/ sponsorship letter
यदि तपाईको बुबा वा आमासँग “स्थायी निवासी” “जापानी नागरिकको श्रीमान वा श्रीमती” “स्थायी निवासीको श्रीमान वा श्रीमती” वा “लामो समय निवासी” को बसोबास योग्यता छ भने मात्र पेश गर्नुहोस्।

⑧身元保証書
父または母が「永住者」「日本人の配偶者等」「永住者の配偶者等」または「定住者」の在留資格の場合にのみ、提出します。

⑨बालबालिकाहरूलाई आश्रित गर्ने व्यक्तिको आवासीय कार्ड वा पासपोर्ट (आवेदनको बेलामा देखाउने )

⑨子どもを扶養する人の在留カードおよびパスポート(申請のときに提示)

जाँच दिन: अगस्ट २५, २०२२

確認日:2022年8月25日
(東京出入国在留管理局横浜支局)

C

तपाईको आफ्नो देशमा दर्ता (दूतावास वा वाणिज्य दूतावास)

本国への登録(大使館・領事館)

大使館/領事館にて

दूतावास / वाणिज्य दूतावासमा………दर्ता गर्नुहोस्।

大使館/領事館にて………登録する

तपाईको आफ्नो देशमा बच्चाको दर्ता गर्दा प्रत्येक दूतावास अनुसार फरक हुने हुदाँ निश्चित गर्न आवश्यक छ।
कृपया जापानमा रहेका विदेशी कूटनीतिक नियोगहरूको सूचीको लागि तलको परराष्ट्र मन्त्रालयको पृष्ठ हेर्नुहोस्।

本国への赤ちゃんの登録は、それぞれの大使館により異なるため確認が必要です。
各国の駐日外国公館リストは以下の外務省のページからご確認ください。

प्रत्येक देशको प्रक्रियाहरूको लागि सन्दर्भ जानकारी तल उल्लेख गरिएको छ।
प्रक्रियाहरू परिवर्तन हुने सम्भावना पनि छ। कृपया, पुष्टिको लागि जानकारीको रूपमा यसलाई सन्दर्भ गर्नुहोस्।
यदि निम्न मध्ये कुनै मेल नखाएमा, वा नयाँ जानकारीको लागि, कृपया प्रत्येक देशको दूतावास वा ग्योउसेइ स्योसी खाई आदिलाई सम्पर्क गर्नुहोस्।

各国の手続きの参考情報を以下に載せています。
手続きは変更される可能性がありますので確認時点での情報として参考にしてください。
以下に該当がない場合や最新情報は、各国大使館、または行政書士会等へお問い合わせください。

※खानागावा प्रिफेक्चरमा 3,000 भन्दा बढी विदेशी नागरिकहरू बस्ने देशहरूको जानकारी पोस्ट गरिएको छ।

※神奈川県に外国籍県民が3000人以上居住する国の情報を掲載しています。

सम्पर्क स्थान

相談先

Q:के म मेरो बच्चाको लागि 3 महत्वपूर्ण प्रक्रियाहरूको बारेमा कसैसँग कुरा गर्न वा सोध्न सक्छु ?

Q:赤ちゃんの大切な3つの手続きについて、だれかに相談したり、頼むことはできますか?

A: तपाई एक विशेषज्ञसँग परामर्श र सोध्न सक्नुहुन्छ।
ग्योउसेइ स्योसीले वडा कार्यालय, अध्यागमन विभाग, दूतावासहरूमा पेश गर्ने कागजातहरू सङ्कलन गर्ने, कागजातहरू लेख्ने, र यसको सट्टामा आवेदन दिन जान्छ । कागजातहरूको अनुवाद र प्रमाणीकरणलाई पनि समर्थन गर्छन् ।

A: 専門家に相談し、頼むことができます。
行政書士は、市役所、入管、大使館にだす書類をあつめたり、書類をかいたり、代わりに申請に行きます。翻訳・認証もサポートします。

खानागावा ग्योउसेइ स्योसी खाई विदेशीहरूको लागि निःशुल्क टेलिफोन परामर्श

神奈川県行政書士会 外国人無料電話相談

खानागावा ग्योउसेइ स्योसी खाई कोकुसाई -बु ले 5 वटा भाषाहरूमा नि: शुल्क टेलिफोन परामर्श गर्दछ। (पहिलो 30 मिनेट)
※जब तपाईले कामको लागि सोध्नु हुन्छ, त्यसपछि पैसा लाग्छ ।

神奈川県行政書士会国際部には5か国の無料電話相談があります。(初回30分)
※その後、お仕事を頼むときは、お金がかかります。

【रिसेप्शन दिन】
सोमबार : जापानी भाषा
बुधबार : जापानी र अंग्रेजी भाषा
शुक्रबार : जापानी र चिनियाँ भाषा
※चौँठो शुक्रबार मात्र स्पेनिस र पोर्तुगाली भाषामा पनि समर्थन
※वर्षको अन्त्य र नयाँ वर्ष बिदाहरू बाहेक
【रिसेप्शन समय】 13:30~16:30
【परामर्श समय】 एक पटकमा 30मिनट भित्र
【परामर्श शुल्क】 निःशुल्क
【समर्थित भाषा】 जापानी, अंगेजी, चिनियाँ, स्पेनिस, पोर्तुगाली, गरी 5 भाषाहरू
【सम्पर्क】
टेलिफोन : 045-227-5560

【受付曜日】
月曜日:日本語
水曜日:日本語・英語
金曜日:日本語・中国語
※第4金曜日のみ、スペイン語・ポルトガル語対応も含む
※年末年始・祝日を除く
【受付時刻】13:30~16:30
【相談時間】一回30分以内
【相談料】無料
【対応言語】日本語・英語・中国語・スペイン語・ポルトガル語の5か国語
【お問合せ】
電話 : 045-227-5560

अन्य परामर्श स्थान

その他 相談先

बहुभाषी सहयोग केन्द्र खानागावा

多言語支援センターかながわ
https://kifjp.org/kmlc/nep/


Page
Top