かながわでにほんご Study Japanese in Kanagawa

जापानी भाषा कक्षा ” हाजिमेतेनो निहोन्गो (पहिलो चोटीको जापानी भाषा) अनलाइन कक्षा” सुरु हुँदैछ।

<オンライン教室の様子>

यो कक्षा खानागावा प्रिफेक्चरमा बस्नुहुने जापानी भाषा राम्रोसँग नबुझ्ने व्यक्तिहरूको लागी हो।
तुरुन्तै प्रयोग गर्न सकिने शब्द या अभिव्यक्तिको पढाई हुन्छ। लाइसेन्स प्राप्त शिक्षकले बुझ्नेगरि पढाउनेछन्।

A1 स्तर।
(A1 स्तर… अभ्यास गरिएका छोटो शब्दहरू पढ्न सक्ने हुने )

■बार र समय
बुधबार र शुक्रबार बिहान १० बजे ~दिउँसो १२ बजे

■गर्मी महिनाको कोर्ष
२०२५ साल १८ जुन देखि अगस्ट २९सम्म
(अगस्ट १३ र १५ बिदा)
*कृपया जुन ४ सम्ममा आवेदन दिनुहोला।


■जाडो महिनाको कोर्ष
२०२५ डिसेम्बर ३ देखि २०२६ फेब्रुअरी २५ सम्म
(डिसेम्बर २४, २६, ३१ र जनवरी २ बिदा)
*कृपया नोभेम्बर १२ सम्ममा आवेदन दिनुहोला।

※गर्मी महिनाको कोर्ष र जाडो महिनाको कोर्षको अध्ययन बिषय एकै हुन्।
कुनै एक छानेर आवेदन गर्नुहोस्।


■केन्द्रित
यो कक्षा हिरागाना र कातागाना पढ्न जान्ने व्यक्तिहरूको लागी हो

■स्थान
अनलाइन
※ZOOMको प्रयोग गर्नेछ।
घर वा अफिसबाटै कम्प्युटर वा स्मार्टफोन प्रयोग गरेर भाग लिन सकिन्छ।


■शुल्क
निःशुल्क (¥0)

■पाठ्यपुस्तक
इरोदोरी, सेइखाचुनो निहोन्गो(दैनिक जीवनयापनको जापानी भाषा), न्यूमोन(परिचय) र स्योक्यु(प्राथमिक तह)
https://www.irodori.jpf.go.jp/

■जम्मा संख्या
२० जना (एउटा कक्षामा)

सावधानीहरू … कृपया अवश्य पढ्नुहोस्
1. यदि आवेदनहरू धेरै भएमा, गोलाप्रथाबाट छनौट गरिनेछ।
2. सकेसम्म सबै दिनमा उपस्थित हुने प्रयास गर्नुहोस्।

संपर्क

■फोन
बहुभाषी ०४५-३१६-२७७० बहुभाषी सहयोग केन्द्र (थागेन्न्गो सिएन सेन्ता)
सोमबार ~ शुक्रबार बिहान ९ बजे बाट १२ बजे सम्म, दिउँसो १ बजे बाट बेलुका ५:१५ सम्म (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन बन्द)
बार अनुसार सपोर्ट गरिने भाषाहरु पनि फरक छन्।
बिस्तृत जानकारीको लागि यस् लिंकमा क्लिक गर्नुहोस्। → https://www.kifjp.org/kmlc

जापानी भाषा ०४५-६२०-००११ KIF जापानी भाषा बिभाग इन्चार्ज

■E-MAIL


■कार्यान्वयन (खानागावा प्रिफेक्चरद्वारा नियुक्त)
खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशन (KIF)