जापानी भाषा कक्षा “हाजिमेतेनो निहोन्गो, योकोसुका कक्षा” सुरु हुदैछ
यो कक्षा पहिलो पटक जापानी भाषा सिक्ने वा जापानी भाषा राम्ररी नआउने ब्यक्तिहरुका लागि हो।
तुरुन्त प्रयोग हुने शब्दहरू र अभिव्यक्तिहरू अध्ययन गरिनेछ। योग्य प्रशिक्षकद्वारा बुझ्न सजिलो तरिकामा सिकाइनेछ।
■बार र समय
मंगलबार र शुक्रबार दिउँसो १:३० देखि ३:३० बजेसम्म
■लेभल १
पहिलो पटक जापानी भाषा सिक्ने ब्यक्तिहरु
२०२३ साल जुलाई ७ देखि सेप्टेम्बर १५ तारिख सम्म
■लेभल २
जापानी अक्षरहरु हिरागाना तथा काताकाना पढ्न सक्ने ब्यक्तिहरु
२०२३ साल अक्टोबर ३ देखि डिसेम्बर १५ तारिख सम्म
■स्थान
★ “वएर्क योकोसुका” मा अध्ययन गर्ने दिनहरू (5 पटक) र “अनलाइन” मा अध्ययन गर्ने दिनहरू (15 पटक) छन्।
(१) वएर्क योकोसुका
(ठेगाना: योकोसुका-सि, हिनोदे-माचि १-५)
खेइक्यू लाइन योकोसुका च्युओउ स्टेशन पूर्व गेट (हिगासी गुची) बाट ५ मिनेट पैदल
यातायात जानकारीको लागि https://www.werk-yokosuka.com/access.html

(२) अनलाइन
(ZOOM प्रयोग गरिनेछ)
घर वा अफिसबाटै कम्प्युटर वा स्मार्टफोन प्रयोग गरेर भाग लिन सकिन्छ।
■शुल्क
नि:शुल्क (¥ ०)
★ पाठ्यपुस्तक शुल्क भने लाग्छ (लेभल १ ¥ १,६५०, लेभल २ ¥ १,९८०)
■पाठ्यपुस्तकहरु
लेभल १ : 『Marugoto Nyumon (A1) Katsudo』
लेभल २ : 『Marugoto Shokyu (A2) Katsudo』
Marugoto को वेबसाइट https://www.marugoto.org/
■बिद्यार्थी संख्या
२० जना
- नोट (कृपया नछुटाइकन पढ्नुहोला):
- १. बिभिन्न कारणहरुले गर्दा तालिकामा परिवर्तन आउन सक्छ।
२. पाठ्यपुस्तकहरू कक्षा सुरु भएपछि किन्न सकिन्छ। कक्षा सुरु हुनु अघि किन्नु जरुरत छैन।
३. सकेसम्म सबै कक्षाहरुमा उपस्थित हुने प्रयास गर्नुहोला।
४. यदि आवेदकहरु धेरै भएको खण्डमा, गोलाप्रथा गरिने छ।
संपर्क
■फोन
बहुभाषी ०४५-३१६-२७७० बहुभाषी सहयोग केन्द्र (थागेन्न्गो सिएन सेन्ता)
सोमबार ~ शुक्रबार बिहान ९ बजे बाट १२ बजे सम्म, दिउँसो १ बजे बाट बेलुका ५:१५ सम्म (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन बन्द)
बार अनुसार सपोर्ट गरिने भाषाहरु पनि फरक छन्।
बिस्तृत जानकारीको लागि यस् लिंकमा क्लिक गर्नुहोस्। → https://www.kifjp.org/kmlc
जापानी भाषा ०४५-६२०-००११ KIF जापानी भाषा बिभाग इन्चार्ज
■इमेल
nihongo_join@kifjp.org
■कार्यान्वयन (खानागावा प्रिफेक्चरद्वारा नियुक्त)
खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशन (KIF)