かながわでにほんご Study Japanese in Kanagawa

जापानी भाषाको कक्षा
「हाजिमेतेनो निहोन्गो हिराचुखा कक्षा」शुरु हुदैछ

यो कक्षा खानागावा प्रिफेक्चरमा बस्नुहुने जापानी भाषा राम्रोसँग नबुझ्ने व्यक्तिहरूको लागी हो।
तुरुन्तै प्रयोग गर्न सकिने शब्द या अभिव्यक्तिको पढाई हुन्छ। लाइसेन्स प्राप्त शिक्षकले बुझ्नेगरि पढाउनेछन्।

■बार र समय
मंगलबार, शुक्रबार बिहान १० बजेबाट दिँउसो १२ बजेसम्म

■लेभल १
पहिलो पटक जापानी भाषा सिक्ने ब्यक्तिहरु
२०२५ साल जुलाई ८ तारिकबाट सेप्टेम्बर १९ तारिकसम्म


■लेभल २
जापानी अक्षरहरु हिरागाना तथा काताकाना पढ्न सक्ने ब्यक्तिहरु
२०२५ साल अक्टोबर ७ तारिकबाट डिसेम्बर १२ तारिकसम्म


■स्थान
★कक्षामा उपस्थित भएर अध्ययन गर्ने दिन(१) ५ पटक र अनलाइन मा अध्ययन गर्ने दिन (२) १५ पटक छन्।

(१) हिराचुखा सिमिन खाचुदोउ सेन्ता
(ठेगाना: हिराचुखा सहर मिचुकेमाची १-८)
JR हिराचुखा स्टेसन् पश्चिम टिकट गेटबाट हिडेर ८ मिनेट
यातायात जानकारीको लागि https://www.hiratsuka-shimin.net/access/
※सञ्चालन स्थल परिवर्तन हुन सक्नेछ।
(२) अनलाइन
(ZOOM प्रयोग गरिनेछ)
घर वा अफिसबाटै कम्प्युटर वा स्मार्टफोन प्रयोग गरेर भाग लिन सकिन्छ।

■शुल्क
निःशुल्क (¥0)

■पाठ्यपुस्तक
『इरोदोरी सेइखाचुनो निहोन्गो न्युमोन』
https://www.irodori.jpf.go.jp/

■जम्मा संख्या
२० जना (एउटा कक्षामा)

ध्यान दिनुपर्ने केही बुँदाहरू छन्… कृपया अवश्य पढ्नुहोस् ।
1. लेभल १ को आवेदन जुन २३ सम्ममा बुझाइसक्नुपर्नेछ।
लेभल २ को आवेदन सेप्टेम्बर २२ सम्ममा बुझाइसक्नुपर्नेछ।
आवेदन धेरै भएमा चिठ्ठा बाट छनौट गरीनेछ ।
2. सकेसम्म सबै दिनमा उपस्थित हुने प्रयास गर्नुहोस्।

संपर्क

■फोन
बहुभाषी ०४५-३१६-२७७० बहुभाषी सहयोग केन्द्र (थागेन्न्गो सिएन सेन्ता)
सोमबार ~ शुक्रबार बिहान ९ बजे बाट १२ बजे सम्म, दिउँसो १ बजे बाट बेलुका ५:१५ सम्म (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन बन्द)
बार अनुसार सपोर्ट गरिने भाषाहरु पनि फरक छन्।
बिस्तृत जानकारीको लागि यस् लिंकमा क्लिक गर्नुहोस्। → https://www.kifjp.org/kmlc

जापानी भाषा ०४५-६२०-००११ KIF जापानी भाषा बिभाग इन्चार्ज

■E-MAIL


■कार्यान्वयन (खानागावा प्रिफेक्चरद्वारा नियुक्त)
खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशन (KIF)