かながわでにほんご Study Japanese in Kanagawa

  • 日本語を学ぶ(やさしいにほんご)日本語を学ぶ(やさしいにほんご)
  • どこで?どこで?
  • どうやって?どうやって?
  • こまったときは?こまったときは?

जापानी भाषा कक्षा ” हाजिमेतेनो निहोन्गो (पहिलो चोटीको जापानी भाषा) अनलाइन कक्षा” सुरु हुँदैछ।

<オンライン教室の様子>

यो कक्षा खानागावा प्रिफेक्चरमा बस्नुहुने जापानी भाषा राम्रोसँग नबुझ्ने व्यक्तिहरूको लागी हो।
तुरुन्तै प्रयोग गर्न सकिने शब्द या अभिव्यक्तिको पढाई हुन्छ। लाइसेन्स प्राप्त शिक्षकले बुझ्नेगरि पढाउनेछन्।

■बार र समय
बुधबार र शुक्रबार बिहान १० बजे ~दिउँसो १२ बजे

■गर्मी महिनाको कोर्ष
२०२४ साल जुन महिना २६ तारिक देखि २०२४ साल सेप्टेम्बर महिना ६ तारिक सम्म
अगष्ट १४ तारिक र १६ तारिक बिदा रहनेछ

■जाडो महिनाको कोर्ष
२०२४ साल डिसेम्बर महिना ४ तारिक देखि २०२५ साल फेब्रुअरी २१ तारिक सम्म
डिसेम्बर २५ तारिक, २७ तारिक, जनवरी १ तारिक, ३ तारिक बिदा रहनेछ

※गर्मी महिनाको कोर्ष र जाडो महिनाको कोर्षको अध्ययन बिषय एकै हुन्।
कुनै एक छानेर आवेदन गर्नुहोस्।


■केन्द्रित
यो कक्षा हिरागाना र कातागाना पढ्न जान्ने व्यक्तिहरूको लागी हो

■स्थान
अनलाइन
※ZOOMको प्रयोग गर्नेछ।

■शुल्क
निःशुल्क (¥0)

■पाठ्यपुस्तक
इरोदोरी, सेइखाचुनो निहोन्गो(दैनिक जीवनयापनको जापानी भाषा), न्यूमोन(परिचय) र स्योक्यु(प्राथमिक तह)
https://www.irodori.jpf.go.jp/

■जम्मा संख्या
२० जना (एउटा कक्षामा)

सावधानीहरू … कृपया अवश्य पढ्नुहोस्
1. यदि आवेदनहरू धेरै भएमा, गोलाप्रथाबाट छनौट गरिनेछ।
2. सकेसम्म सबै दिनमा उपस्थित हुने प्रयास गर्नुहोस्।

संपर्क

■फोन
बहुभाषी ०४५-३१६-२७७० बहुभाषी सहयोग केन्द्र (थागेन्न्गो सिएन सेन्ता)
सोमबार ~ शुक्रबार बिहान ९ बजे बाट १२ बजे सम्म, दिउँसो १ बजे बाट बेलुका ५:१५ सम्म (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन बन्द)
बार अनुसार सपोर्ट गरिने भाषाहरु पनि फरक छन्।
बिस्तृत जानकारीको लागि यस् लिंकमा क्लिक गर्नुहोस्। → https://www.kifjp.org/kmlc

जापानी भाषा ०४५-६२०-००११ KIF जापानी भाषा बिभाग इन्चार्ज

■कार्यान्वयन (खानागावा प्रिफेक्चरद्वारा नियुक्त)
खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशन (KIF)