かながわでにほんご Study Japanese in Kanagawa

  • 日本語を学ぶ(やさしいにほんご)日本語を学ぶ(やさしいにほんご)
  • どこで?どこで?
  • どうやって?どうやって?
  • こまったときは?こまったときは?

जापानी भाषा कक्षा “हाजिमेतेनो निहोन्गो केनओउ-क्योसिचु” (पहिलो चोटीको जापानी भाषा केनओउ-कक्षा) (एबिना/ जामा/ आयासे) संचालन हुदैछ

यस् कक्षा, पहिलो पटक जापानी भाषा अध्ययन गर्न लागेका तथा जापानी धेरै नबुझ्ने ब्यक्तिहरुका लागी हो। तुरुन्त प्रयोग गर्न सकिने जापानी भाषा र आधारभूत व्याकरणको अध्ययन गर्न सकिन्छ । योग्य तथा अनुभवी टिचरहरु द्वारा सजिलैसँग बुझ्ने गरि अध्यापन गराइन्छ।

■बार र समय
बुधबार・शुक्रबार बिहान १० बजे~ दिउँसो १२ बजे
■लेभल १
पहिलो पटक जापानी भाषा अध्ययन गर्न लागेका ब्यक्तिहरुलाई लक्षित कक्षा
अगष्ट ५ तारिख~अक्टोबर १९ तारिख ※अगष्ट १२ तारिख, सेप्टेम्बर २३ तारिख बिदा
■लेभल २
हिरागाना र काताकाना पढ्न सक्ने ब्यक्ति, आधारभूत व्याकरण र साधारण कुराकानी अध्ययन गर्न चाहने ब्यक्तिहरुलाई लक्षित कक्षा
नोबेम्बर १६ तारिख ~फेब्रुअरी ३ तारिख ※नोबेम्बर २३ तारिख, डिसेम्बर २८ तारिख, ३० तारिख, जनवरी ४ तारिख बिदा
■स्थान
एबिना-सि बुन्का खाइकान
(एबिना सांस्कृतिक केन्द्र) (ठेगाना: खानागावा-केन एबिना-सि मेगुमी-च्योउ ६ बान १ गो)
एबिना स्टेशनबाट ५ मिनेट पैदल
※निःशुल्क पार्किङ्गको व्यवस्था छ।

■शुल्क
नि:शुल्क(¥0)
★ पाठ्यपुस्तक शुल्क (\२,६४०) लाग्नेछ।
■पाठ्यपुस्तक
लेभल १ “इप्पो निहोन्न्गो सान्पो बिगिनर लेभल १” २,६४०येन
लेभल २ “इप्पो निहोन्न्गो सान्पो बिगिनर लेभल २” २,६४०येन
■बिद्यार्थी संख्या
२० जना (एउटा कक्षा)

ध्यान दिनुपर्ने कुराहरु…(अबश्य पढ्नुहोला)
१. कोरोनाभाइरस संक्रमणको प्रभावका कारण पाठ्यक्रमको तालिका परिवर्तन हुन सक्छ।
२ पाठ्यपुस्तकहरू कक्षा शुरु भएपछि किन्न सकिन्छ। कक्षा सुरु हुनु अगाडी नकिन्नुहोला।
३ कक्षा संचालन हुने सबै दिनहरुमा सम्भव भएसम्म कक्षामा आउनुहोला। लगातार २० पटकको कक्षाद्वारा आधारभूत अध्ययन पुरा हुनेगरि पाठ्यक्रम तयार पारिएको छ।
४ यदि भर्नाको लागि निवेदकहरुको संख्या धरै भएको खण्डमा, चिट्ठाद्वारा बिधार्थी छनौट गरिनेछ।
५ इन्टरनेट प्रयोगद्वारा अध्ययन गर्ने दिनहरू पनि छन्।

संपर्क

■फोन
बहुभाषी ०४५-३१६-२७७० बहुभाषी सहयोग केन्द्र (थागेन्न्गो सिएन सेन्ता)
सोमबार ~ शुक्रबार बिहान ९ बजे बाट १२ बजे सम्म, दिउँसो १ बजे बाट बेलुका ५:१५ सम्म (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन बन्द)
बार अनुसार सपोर्ट गरिने भाषाहरु पनि फरक छन्।
बिस्तृत जानकारीको लागि यस् लिंकमा क्लिक गर्नुहोस्। → https://www.kifjp.org/kmlc

जापानी भाषा ०४५-६२०-००११ KIF जापानी भाषा बिभाग इन्चार्ज

■इमेल
nihongo_join@kifjp.org

■कार्यान्वयन (खानागावा प्रिफेक्चरद्वारा नियुक्त)
खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशन (KIF)